अपडेट 
२०८० असार १२, मंगलवार ०७:५४

हँसपुर नगरपालिकाले शिक्षामा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख प्रदीप कुमार यादवले ११ औं नगरसभामा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गरेका छन् ।

पालिकाले शिक्षामा विकास तथा सुधारको लागि एक करोडसहित ४८ करोड ८२ लाख ४० हजार रुपैयाँको कुल बजेट विनियोजन गरेको छ । कुल बजेट मध्ये चालुतर्फ ३२ करोड २६ लाख ७२ हजार र पँुजीगततर्फ १६ करोड ५५ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनको लागि राजस्व बाँडफाँटबाट ९ करोड ५२ लाख ७२ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ ।

त्यस्तै,संघीय सरकारबाट हस्तान्तरित विभिन्न कार्यक्रमका लागि सशर्त अनुदानबाट २४ करोड ४ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८४ लाख ६८ हजार, प्रदेश सरकारबाट सशर्त अनुदानबाट ६० लाख, प्रदेश सरकारबाट विषेश अनुदानबाट ३०, प्रदेशबाट समपूरक अनुदानबाट २० लाख र नगरपालिकाको राजस्वबाट २५ लाख प्राप्त गर्ने बजेटमा उल्लेख गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई सुधार गर्न एक करोड र वातावरण तथा विपद् व्यवस्थापनका लागि ४५ लाख विनियोजन गरेको जनाइएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन ७५ लाख, कृषि क्षेत्रमा सुधारका लागिसमेत ७५ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाको कार्यालय संचालन तथा प्रशासनिक खर्चको लागि ९ करोड ५२ लाख छुट्याइएको छ । पालिकाले स्वास्थ्यमा नयाँ कार्यक्रम ल्याएको छ । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ कार्यक्रम राखिएको छ । आर्युवेद औषधिलाई प्राथमिकता दिँदै ‘एक घर पाँच जडिबुटी’ अभियानलाई निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ । पालिकाले बालश्रम न्यूनीकरण गर्ने नीतिसमेत लिएको छ । हालसम्म पालिकामा देखिएको वेरुजुलाई शून्यमा झार्ने तयारी छ । पालिकाभित्र उद्योग खोल्न प्रदेश सरकारसँग आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News