अपडेट 
२०८० असार १२, मंगलवार ०८:२४

संघीय लोकतान्त्रिक नेपालको संस्थागत विकास भइरहँदा पनि मुस्लिम समुदायलाई तीनै तहको सरकारले अझै उपेक्षा गरिरहेको जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्तताहरुले औल्याएका छन् ।

मुस्लिम आयोगले सोमबार जनकपुरधामा आयोजना गरेको मुस्लिम समुदायका जनप्रतिनिधिहरुको क्षमता विकास तथा सशक्तिकरण कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका छन् । नेपालको हरेक परिर्वतनमा अन्य समुदाय जस्तै बराबरको साझेदारी र बलिदानी दिने मुस्लिम समुदायलाई अझै राज्यले विभेद र उपेक्षा गर्दै आएको उनीहरुको भनाइ छ । कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पनि नेपालको मुस्लिम समुदायहरु अझै पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिकरुपमा पछाडि परे पनि राज्यले मुस्लिमलाई उपेक्षा गरेको आरोप लगाए । नेपालको हरेक परिर्वतनमा मुस्लिम समुदायको महत्वपूर्ण योगदान रहे पनि मुस्लिमको आर्थिक शैक्षिक अवस्थामा सुधार हुन नसकेको उनले बताए ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दलित र महिला जस्तै मुस्लिम समुदायलाई पनि विशेष अधिकार दिनुपर्ने बताए । नेपाली मुस्लिमको राजनीतिक, आर्थिक, शैक्षिक अवस्था दलित समुदायको अवस्था नाजुक रहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले भने,‘ संविधानमा सबै जात धर्म भाषाभाषीलाई बराबरको अधिकार दिएको छ ।

Comment


Related News

Latest News

Trending News