अपडेट 
२०८० असार १२, मंगलवार ०८:३२

जनविकास स्रोतका तत्कालीन अध्यक्ष वैद्यनाथ यादवको पैसा पचाउने दाउमा उनका दाइ सूर्यनाथ यादव लागेको आरोप लगाइएको छ । गैर कानुनी रुपमा अध्यक्ष बनेर उनले वैद्यनाथले गरेको कामको पैसा पचाउने दाउमा रहेको आरोप लागेको छ ।

कराते संघ मधेश प्रदेशका तत्कालीन अध्यक्षसमेत रहेका वैद्यनाथको ०७८ जेठ २ गते कोरोना लागेर मृत्यु भएको थियो । उनले जनविकास स्रोत नामको संस्थाबाट नै मधेश प्रदेशको सबै जिल्लामा आत्मरक्षा तालिम दिएका थिए । सो काम वापतको करीब एक करोड आठ लाख रकम विभिन्न कारणबस भुक्तानी हुन सकेको थिएन् । तर जिल्ला अदालत र उच्च अदालतबाट मुद्दा जितेपछि अर्थ मन्त्रालयले भुक्तानीको प्रक्रिया अगाडि बढाएपछि उनका दाइ सूर्यनाथले रकम अपचलन गर्ने षड्यन्त्रमा लागेका छन् ।

वैद्यनाथको श्रीमती प्रमिला यादवलाई उनले पैसा नदिने अभिव्यक्ति पटक–पटक दिँदै आएका छन् । यद्यपि वैद्यनाथले आफूलाई अध्यक्ष रहन दिन र सबै पैसा दिने संस्थाको कार्य समिति बैठकमा निर्णय गरेको वैद्यनाथको श्रीमती प्रियंकाले बताइन् । उनले कार्यसमितिको बैठकबाट ०७८ साउन १८ गते सहमति गरेर पैसा दिने र सोही दिन फर्जी खाली चेक दिएर ठगेको उनले बताइन् । तर उक्त चेक फर्जी रहेको पाइएको छ । त्यसमा अध्यक्षको हस्ताक्षर भए पनि कोषाध्यक्षको हस्ताक्षर छैन् । ‘कार्य समितिलाई छल्न खोजिएको छ । उनले कार्य समितिबाट वैद्यनाथ अध्यक्ष हुँदाको सबै पैसा दिने सहमति र खाली चेकसमेत दिएका छन्,’उनले भनिन्,‘तर उनले मलाइ झुक्याएको छ । उक्त चेकमा उनको मात्रै हस्ताक्षर छ । कोषध्यक्षको छैन्, पछि गर्न भन्दा मानेनन् ।’

वैद्यनाथको मृत्यु भएपछि परिवार शोकाकुलमै भएको बेला सूर्यनाथ कार्य समितिबाट सात जनालाई हटाइ पुर्नगठन गरेका थिए । उनको नियतमाथि शंका गर्दै निवेदन दिएका छन् । अभिमन्यु यादव, हारुन अन्सारी, राकेश कुमार यादव, अनुपिया खातुन, रंजु ठाकुर र सहसचिव चनरदेव ठाकुर अध्यक्षको मनपरी विरुद्ध निवेदन दिएका थिए । वैद्यनाथ हुँदा नै अदालत खर्च र प्रशिक्षकलगायत तालिमको समापन सम्म लगानी गरेका थिए । पैसा पचाउन खोजेपछि उनको श्रमतीसहित सात जना सदस्यले जिल्ला प्रशासन कार्यालयमासमेत निवेदन दिएका छन् । सो निवेदन ०७९ चैत ३० गते नै दिइएको थियो । उक्त निवेदन छलफलकै क्रममा छ ।

मंगलबार (आज) पुनः जिल्ला प्रशासन कार्यालयमा विवाद समाधानको लागि छलफल राखिएको छ । वैद्यनाथको श्रीमतीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय, अर्थमन्त्रालय र शिक्षा तथा समाज कल्यण मन्त्रालयमासमेत उक्त जानकारीसहित निवेदन दिएकी छन् । यस विषयमा वर्तमान अध्यक्ष सूर्यनाथले फर्जी चेक दिएको बारे स्वीकार गरे । तर, संस्थाको अध्यक्ष कार्य समितिकै सहमतिमा बनेको बताए । वैद्यनाथ अध्यक्ष हुँदा काम भएको सबै रकम उनको श्रीमतीलाई दिने उनले आश्वासन दिए । ‘भाइको निधन भएपछि पनि मैले दुई वटा स्थानीय तहमा गरेको कामको रकम एकमूष्ट ६ लाख दिएको छु,’उनले भने,‘भुक्तानी भएपछि प्रदेश सरकारमा काम गरेको पैसा पनि दिन तयार छु । अहिले भुक्तानी भइसकेको छैन् ।’ वैद्यनाथको श्रीमतीले पैसा सुरक्षित गर्नको लागि संस्थाको कोषाध्यक्ष बनाउन प्रस्ताव गर्दै आएकी छन् । तर अध्यक्ष सुर्यनाथले विधानको बहाना बनाउँदै सो गर्न आलटाल गरेका छन् ।

Comment


Related News

Latest News

Trending News