अपडेट 
२०८० असार १२, मंगलवार १६:४८

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। 

शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए। गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए ।

सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छन् ।

Comment


Related News

Latest News

Trending News