अपडेट 
२०८० असार १२, मंगलवार २०:१७

भिट्ठामोड़–जनकपुर हुलाकी सड़क खण्डमा सड़क अनुसारको पुलको चौड़ाई नहुँदा पुलबाट खसेर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यरातमा जलेश्वरबाट जनकपुरधामतर्फ मोटरसाइकलले जाँदै गरेका जनकपुरधाम उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय शंकर भनिने दीपेश ढुङ्गेलको मृत्यु भएको हो ।

मध्यरातमा ज ८ प ६५३३ नम्बरको मोटरसाइकलमा जनकपुरधामतर्फ जाँदै गर्दा अन्ध्यारोमा पुलको चौड़ाई आंकलन गर्न नसकी सड़ककै छेउबाट सीधा जान खोज्दा बिगही पुलमुनि खसेर उनको मृत्यु भएको घटनास्थलको प्रारम्भिक अध्ययनले देखिएको छ । तथापि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्वर नगरपालिका–९ आगेपुरस्थित घटनास्थलबाट प्रहरीले शब उठाई प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टमका लागि पठाएको छ ।

Comment


Related News

Latest News

Trending News