२०८० असार १३, बुधबार ०८:१०

सर्लाहीका जनस्वास्थ्य निरीक्षक÷अधिकृत (सातौँ तह)का कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

मिश्रले एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार २०५७ असार ८ गते सेवा प्रवेश गरेका मिश्रले ०७८ कात्तिकसम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा आय गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रवक्ता दाहालले सेवा अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट देखिएको बताए । यो रकम मिश्रको वैध आम्दानीभन्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरूलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको छ ।

Comment

Related News

Latest News

Trending News