अपडेट 
२०८० असार १३, बुधबार ०८:१५

मधेश प्रदेशका सांसद रामअशिष यादवले गास ,वास र कपास पछि सडक ,खानेपानी र बिजुली बत्तीसहित पूर्वाधार विकास हुनु मानव जीवनको लागि महत्वपूर्ण रहेको कुरा बताएका छन् ।

धनुषाको औरही गाउँपालिका स्थित चक्कर गाउँमा पक्की सडकको शिलान्यास गर्ने क्रममा उनले ग्रामीण क्षेत्रको विकासका लागि गाउँलाई जिल्लाको मुख्य सडकसंग जोड्न अति आवश्यक रहेको कुरामा जोड दिए । मधेश सरकारको सहयोगबाट प्राप्त रु २५ लाख रुपैयाँको लागतमा सो ग्रामीण पक्की सडकको निर्माण कार्य शुभारम्भ भएको औरही गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष सरोज कुमार मंडलले जानकारी दिए। कार्यक्रममा जसपा औरही गाउँपालिका अध्यक्ष कमलदेव मंडल सहित स्थानीय जसपाका नेता र स्थानीयवासीहरुको सहभागिता रहेको थियो।

Comment


Related News

Latest News

Trending News