अपडेट 
२०८० असार १३, बुधबार १९:४७

जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलित भएका छन् ।

नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा आलु प्याजमा समेत मूल्य अभिवृद्धि कर लगाएकाले जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलनमा उत्रेका छन ।

सरकारले लगाएको करबिरुद्ध जनकपुरधामका आलु प्याज, तरकारी बेच्ने थोक तथा खुद्रा व्यापारीहरुले बुधबार जुलुश निकालेर विरोध जनाएका छन । उनीहरुले आलु प्याजमा लगाइएको कर फिर्ता गर, खुल्ला सीमा नाका बन्द गर लगायतका नारा लगाउँदै जनकपुरधामका बजार क्षेत्रमा जुलुस निकालेका छन ।
आलु प्याजका व्यापारीहरुको समस्यालाई मध्येनजर गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जुलुशमा सहभागी भई सर्मथन जनाएका छन । उनले सरकारले आलु प्याज लगायतका दैनिक उपभोगका वस्तुहरुमा लगाइएको कर फिर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि जनताको ढाड सेक्ने गरी कर लगाए व्यापारी र जनता दुबैले नसहने उनले बताए ।

त्यस्तै, सरकारले आलु प्याजमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नलिएसम्म सरकार विरुद्ध प्रदर्शन, जुलुस गरिरह्ने आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष आलउद्दिन अन्सारीले चेतावनी दिए ।

केही दिन यतादेखि जनकपुरधामका आलु प्याजको भाउले आकाश छोएको छ । अधिकांश व्यापारीहरुले आलु प्याजको बिक्री बन्द गरेका छन् ।

Comment


Related News

Latest News

Trending News