
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपलब्धि सार्वजनिक गरिएको छ । सरकार ६ महिना गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो ।
७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ ।
सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख छ ।
समावेशी संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन गर्न सरकार प्रयत्नशील रहेको छ ।
यस्ताे छ सरकारकाे ६ महिने कार्य विवरण: