अपडेट 
२०८० असार १४, बिहीबार १८:४९

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न अस्पतालका फार्मेसीहरूलाई निर्देशन दिएको छ । कतिपय अस्पतलका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनसो आएको भन्दै यस्तो निर्देशन दिइएको हो ।

औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ ।

खरिद तथा बिक्री गर्दा गुणस्तरमा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि विभागले निर्देशन दिएको छ ।

adf1688017573.jpg

Comment


Related News

Latest News

Trending News