२०८० असार १५, शुक्रबार १४:०५

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।

नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार मलेसियालाई ८४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३३-४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो।

नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।

Comment

Related News

Latest News

Trending News