
नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।
नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।