अपडेट 
२०८० असार १७, आईतवार ०६:०७

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले लामो लडाइपछि नागरिकताको अधिकार प्राप्त भएको बताएका छन् ।

शनिबार इण्डो–नेपाल डाक्टरर्स फोरमले आयोजना गरेको विधान र उद्देश्य लोकार्पण कार्यक्रमकमा उनले सो कुरा बताएका छन् । नागरिकता प्राप्तिको संघर्षमा भारतको पनि महत्वपूर्ण सहयोग रहेको उनले बताए । ‘नागरिकताको अधिकार धेरै लामो लडाइपछि प्राप्त भएको छ । अब नागरिकता समस्या समाधान भएको छ,’उनले भने,‘यस लडाइमा भारतको पनि सदभाव र सहयोग रहेको छ ।’ दुबै देशको मित्रताकै कारण मधेश आन्दोलनले उपलब्धि पाएको उनले स्मरण गरे । राजनीतिक, आर्थिक र सामाजिक रुपमा सहयोग गर्दै आएको भारतले अब मेडिकल क्षेत्रमा पनि उल्लेखनीय सहयोग गर्ने उनको विश्वास छ । ‘मेडिकलदेखि अधिकार प्राप्ति संघर्षमा पनि भारतसँग सँगै छ,’उनले भने,‘चिकित्सा क्षेत्रको सम्बन्ध पनि उचाइ लिने छ । नेपाल– भारतको सम्बन्ध थप प्रगाढ हुने छ ।’ दुबै देशको चिकित्सकले बनाएको संगठनले झन बलियो हुने उनको अनुमान छ ।

भारतको चिकित्सकहरुले नेपालमा अवसर निर्माणदेखि मेडिकल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले सुनाए । काठमाण्डुको वीर होस्पिटलमा पनि दुबै देशको सहकार्य उल्लेखनीय रहेको उनको कथन छ । ‘विगतमा भारतकै चिकित्सकहरुले नेपालमा सेवा दिने गरेको थियो । अहिले पनि भारतको दरभंगासहितको शहरमा नेपाली विद्यार्थी र उपचार गराउने मानिसको भीड हुन्छ,’उनले भने,‘नेपालमा पनि भारतीय बिरामी उपचार गराउन उल्लेखनीय सहभागितामा आउने गरेको छ । चितवनको भरतपुरमा पनि विहारको धेरै विरामी उपचारको लागि आउँछ ।’ नेपाल–भारतको सम्बन्धमा दुबै देशको चिकित्सकको संगठनले माइल स्टोनको रुपमा काम गर्ने उनले जिकिर गरे । नेपालको हरेक अनुरोधमा भारतले सहयोग गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News