अपडेट 
२०८० असार १७, आईतवार ०८:२१

भाटभटेनी सुपर स्टोर जनकपुरधाममा शनिबार उपभोक्ताको अत्याधिक भीड भएपछि स्टोर ३ बजे नै बन्द गरिएको छ ।

२५ औँ स्टोरको रुपमा यही असार ६ गतेदेखि मधेश प्रदेशको राजधानी जनकपुरमधाममा सन्ञ्चालनमा आएको सो स्टोरमा शनिबार उपभोक्ताको अत्यधिक भीड बढेपछि स्टोरका साथै वालबालिका, वृद्ध तथा महिलाहरुको समेत सुरक्षालाई ध्यानमा राखी शनिबार ३ बजेदेखि नै स्टोर बन्द गर्नु परेको भाटभटेनीका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । शनिबार भएकाले धेरै नै भीड बढ्दै गएपछि सुरक्षाका कारण ३ बजे नै स्टोर बन्द गर्नुप¥र्यो ।

यसरी भीड बढेर दिउसो नै बन्द गर्नुपरेको भाटभटेनीको इतिहासमा यो पहिलो घटना हो, उनले भने । आइतबारबाट भने नियमित समयदेखि नै स्टोर खुल्ने व्यवस्थापक भट्टराईले बताए । हामीलाई संकट आइपरेका बेला पनि ग्राहकले देखाएको मायाप्रति आभारी छौँ । स्टोर बन्द भएपछि पनि हजारौँ ग्राहकहरु आफूहरुले प्रवेश पाउनुपर्ने भन्दै गेट र सडक वरिपरि बसिरहेका थिए । २ अर्ब बढीको लगानीमा जनकपुरधाम उपमहानगरपालिका –१४ मुजेलिया, शहीदद्वार नजिकै स्थापना भएको यस स्टोर १ विघा १० धुर क्षेत्रफलमा बनेको छ । २ लाख बढी वर्गफुट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएका छन् । ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिएको भाटभटेनीले जनाएको छ ।

जनकपुरमा २५औँ स्टोर सञ्चालनमा ल्याएर काठमाडौं फर्किएका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लतिता निवास प्रकरणमा केही दिन देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नियन्त्रमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News