अपडेट 
२०८० असार १७, आईतवार ०८:२५

जथाभावी खोला उत्खनन् कार्यमा संलग्न दुई वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार क्षीरेश्वरनाथ नगरपालिका ७ स्थित जलाद खोलाबाट ट्याक्टर नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट अनुगमनमा खटिएको प्रहरी टोलीले अन टेस्ट दुबै ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा वालुवा लोड गरिएको छ । प्रहरीको टोली देख्नसाथ चालक र कामदारहरु फरार भएको थियो । प्रहरीले सवारी धनीलाई खोजी गरी कारबाही गर्ने तयारी थालेको छ । सोही कारण सवारी नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको बताइएको छ । पछिल्लो समय प्रहरीलगायत सरोकारबला निकायले जथाभावी भइरहेको खोला उत्खननमा कडाइ गरेका छन् ।

Comment


Related News

Latest News

Trending News