अपडेट 
२०८० असार १७, आईतवार १५:१८

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ ।

आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण गर्दै प्रचण्डले यसअघि कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने प्रयास असफल भएपनि त्यसबाट शिक्षा लिदै कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको हो । कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्ने ठानेर आफुले कम्युनिष्ट एकता गरेपनि त्यसलाई बचाउन नसकिएको उहाले बताउनुभयो । प्रचण्डले विश्वभरिकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको र नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको जिकिर गर्नुभयो । उहाँले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको र नेकपा तिरै फर्कने भनेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने आफूहरुको संकल्प रहेको बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले राजनीतिक क्रान्तिको काम सम्पन्न गरिसकेको भन्दै अव जनताको जीवन समृद्ध बनाउने जिम्मेवारीलाई पुरा गर्नुपर्ने बताउनुभयो । उहाले कम्युनिष्ट पार्टीको रुपमा प्रधानमन्त्री प्रचण्डले देशको समाजवादी यात्रालाई कसरी अघि बढाउने हो भन्ने चिन्तनमनन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाले सवैको ज्ञान अनुभवलाइ लिएर इमान्दारीताका साथ अघि बढ्ने हो भने अग्रज कम्युनिष्टहरुको सपना साकार पार्न सकिने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News