अपडेट 
२०८० असार १७, आईतवार १५:५४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारको समर्थन फिर्ता नलिन आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा उनले राउतलाई सरकारमा सामेल हुन आग्रह गरेका हुन् ।

जनमत पार्टीका प्रवक्ता हरेन्द्र चौधरीले प्रधानमन्त्रीको प्रस्तावमा अध्यक्षले पार्टीमा छलफल गर्ने जवाफ दिएको जानकारी दिए ।

“प्रधानमन्त्रीले सरकारको समर्थन फिर्ता नलिनुुस्, सरकारमा आउनुस् भन्नुभएको छ,” उनले भने, “अध्यक्षले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिनुभएको छ ।”

जनमत पार्टीबाट यसअघि प्रचण्ड सरकारमा अब्दुल खान मन्त्री बनेका थिए । मन्त्रालयमा चित्त नबुझेको भन्दै उनले राजीनामा दिए पनि पार्टीले सरकारको समर्थन कायम राखेको थियो ।

तर, बजेटको बाँडफाँटमा एकलौटी भएको भन्दै जनमत बजेटको विपक्षमा उभिएको थियो । उसले सरकारको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला आइतबार प्रधानमन्त्रीसँग भेट भएको हो ।

Comment


Related News

Latest News

Trending News