अपडेट 
२०८० असार १८, सोमबार ०६:३८

नेकपा माओवादी केन्द्रले धनुषाको शहीदनगर नगरपालिकाका एक निलम्बित वडाध्यक्षलाई पार्टीबाट निष्काशन गरेको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर–८ का निलम्बित वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई पार्टीबाट निष्काशन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्रले)मधेश प्रदेश शहीदनगर नगरपालिका नगर कमिटिका अध्यक्षसमेत रहेका कुसियैतले पार्टीको विधान विपरीत कार्यहरु गरेकाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । यादवसँग सम्बन्धित विभिन्न प्रमाणहरु भेटिएको र पार्टीको मर्यादा विपरीत, आचरण हनन हुने प्रकारका कार्यहरु तथा पार्टीको सिद्धान्त र विचार विपरीत गतिविधि गरेकोले उनलाई हटाइएको विज्ञप्तिमा उल्लेख छ । नगर कार्य समितिको असार १५ गतेको निर्णय अनुसार उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको छ । २०७४ सालमा गरेको कामले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आधारमा उनी निलम्बित भएका छन् ।

Comment


Related News

Latest News

Trending News