अपडेट 
२०८० असार १८, सोमबार ०६:५०

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक भारतबाट कोइला बोकेको (डस्टी कार्गो) रेल आएको छ ।

भारतीय रेल गोदाबरी कमोडिटिजको ३६ सय टन कोइला लिएर वीरगञ्ज सुक्खा बन्दरगाहमा आइतबार आएको एकजना अधिकारीले जनाएका छन् । यसअघि वीरगञ्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा हालेर नेपाल ल्याउनुपर्ने बाध्यता थियो । वीरगञ्ज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्नेगरी ६ नम्बर रेल्वे ट्रयाकमा डस्टी कार्गो व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार (डस्टी कार्गो झार्ने ठाउँ) को व्यवस्था तयार गरिएपछि सहज भएको सुक्खा बन्दरागाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले बताएका छन् ।

भारतबाट रेलमा सिधै नेपालसम्म कोइला ल्याउँदा आयातकर्ताको ढुवानी लागत सस्तिने उनले बताए । यस बाहेक भारतमा कोइला चोरी हुने र हराउनेजस्ता समस्याबाट पनि नेपाली आयातकर्ताले मुक्ति पाउने उनले बताए । ‘यसअघि भारतको रक्सौल रेल्वे स्टेसनमा रेलबाट कोइला अनलोड गरी वीरगञ्जसम्म टिपरमा लोड गरेर ल्याउनुपथ्र्यो ’ शर्माले भने, त्यसमा लागत बढी हुन्थ्यो र सामान पनि चोरी हुने गरेको थियो । अब रक्सौलबाट वीरगञ्जसम्म कोइला ढुवानीको झन्झट रहँदैन र लागत पनि घट्न जाने उनले बताए ।’ डस्टी कार्गोबाट क्लिंकर, सिमेन्ट, कोइला, मलखाद, नुन लगायत वस्तु आयात गरिन्छ । प्रिस्टिन भ्यालीका निर्देशक रजनिश कुमारले २०२२ डिसेम्बर अन्त्यतिर यो बन्दरगाह नाकामा डस्टी कार्गो आयातको लागि पूर्वाधार तयार भइसकेको बताए । प्रिस्टिन भ्यालीले करीब ४ करोड रुपैयाँ लगानी गरी बन्दरगामा डस्टी कार्गो आयातका लागि पूर्वाधार तयार पारेको छ ।

Comment


Related News

Latest News

Trending News