अपडेट 
२०८० असार १८, सोमबार ०६:५२

जलेश्वर भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व उठाउन चुनौती देखिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कार्यालयले वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्र राजस्व उठाउनसकेको छ । १ महिनामा कार्यालयले राजस्वको लक्ष्य भेटन कठिन देखिएको जलेश्वर भन्सार कार्यालय प्रमुख अमित पौडेलले बताए । कार्यालयले यस वर्ष रु ३ अर्ब ६३ करोड ९१ लख राजस्व उठाउने लक्ष्य पाएकोमा बैशाख मसान्तसम्म २ अर्ब २५ करोड २८ लाख मात्र राजस्व असुली भएको छ । कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउन बाहेक अन्य महिनामा लक्ष्य प्राप्त गर्न सकेको छैन । गत साउनमा कार्यालयले रु २२ करोड ४९ लाख राजस्व असुलीको लक्ष्यमा २४ करोड ३६ लाख मात्र राजस्व असुली गरेको थियो ।

यस्तै, भदोमा रु २७ करोड २५ लाखको लक्ष्यमा रु २२ करोड ८३ लाख, असोजमा रु २८ करोड ५८ लाखको लक्ष्य रहेकोमा रु २५ करोड २६ लाख राजस्व संकलन गरेको थियो । कार्तिकमा रु ३० कोरोड ३१ असुलीको लक्ष्यमा रु २४ करोड ४९ लाख,मंसिरमा रु ३१ करोड ४३ लाख उठाउने लक्ष्य रहेकोमा रु १८ करोड ६८,पुसमा रु ३३ करोड ७८ लाख लक्ष्य रहेकोमा रु १८ करोड ६ लाख असुली गरेको छ । यसैगरी, माघमा रु ३० करोड ६६ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा २२ करोड ७५ लाख राजस्व असुली गरेको छ । यसैगरी, फागुनमा रु ३१ करोड ६३ लाख असुलीको लक्ष्यमा रु २४ करोड १५ लाख,चैतमा रु ३२ करोड ४८ लाख असुलीको लक्ष्यमा रु २३ करोड ८२ लाख र बैशाखमा रु ३२ करोड ६१ लख लक्ष्य पाएकोमा रु २४ करोड ८४ लाख मात्र राजस्व उठेको कार्यालयको तथ्यांकमा छ ।

कार्यालयको राजस्व असुलीमा करीब ६५ प्रतिशत योगदान पेट्रोलियम पदार्थको रहेको छ । यस वर्ष पेट्रोलियम पदार्थमा २० प्रतिशत राजस्व संकलनमा कमी आएका कारण राजस्व लक्ष्य हासिल गर्न कठिनाइ भएको भन्सार प्रमुख पौडेलको भनाइ छ । जुन गत आर्थिक वर्ष भन्दा ३५ करोड ५० लाख कमी रहेको छ । गत आर्थिक वर्षमा पेट्रोलयम पदार्थ बाट सबै भन्दा बढी राजस्व उठेको थियो । गत वर्ष पेट्रोलियम पदार्थबाट १ अर्ब ५० करोड ९२ लाख राजस्व संकलन गरेको थियो,भने चालु आर्थिकको बैसाखसम्म कार्यालयले पेट्रोलयम पदार्थबाट १ अर्ब २० करोड ८८ लाख राजस्व उठाएको छ ।

चालु अर्थिक वर्षमा छिमेकी मूलुक भारतको बरौनीबाट मोहत्तरीको भिठ्ठामोड नाका हँुदै कम मात्रामा पेट्रोलियम पदार्थ आएकाले राजस्व प्रभावित भएको प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए ।

Comment


Related News

Latest News

Trending News