अपडेट 
२०८० असार १८, सोमबार ०६:५५

धनुषामा मिटर ब्याज (अनुचित लेनदेन) पीडित तथा साहुका बीचमा धमाधम सहमति हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले लिने र दिने दुवै पक्षलाई राखेर मिटर ब्याज हेर्ने शाखामा सहमति गराएपछि मिटर ब्याज पीडितको समस्या समाधान हुँदै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल आफैले चासो लिएर हेर्दै आएका कारणले धनुषमा नयाँ निवेदन दर्ता भएका मध्ये ९२ वटामा दुकै पक्षका बीचमा मिलापत्र भएको छ । यसअघि पुराना निवेदन मध्ये १६७ वटामा सहमति भएको थियो भने ५९ वटा निवेदनमा छलफल भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजको २ हजार ६ सय १५ वटा निवेदन परेको छ ।

यस्तै,अवस्था रहेको खण्डमा सबै निवेदनहरूमाथि छलफल गरेर टुङ्गो लगाउनमा १ वर्ष लाग्ने अवस्था रहेको छ । मिटर व्याज पीडितको समस्या समाधान गर्नका लागि गठन गरिएको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएका कारणले पनि धनुषामा पीडितको सुनुवाइ भइरहेको छ । कतिपय अवस्थामा मिटर ब्याज पीडितसँगै रकम दिनेहरू पनि पीडित देखिएकाले त्यसमा दुबै पक्ष तथा छरछिमेकीहरुलाई राखेर समस्याको निकास गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धी अध्यादेश आएका कारणले पुराना कागजहरू बदर हुने डरका कारणले व्याजमा रकम दिनेहरू मिल्न थालेका छन्,भने मिटर ब्याजका निवेदन दिएकाले रकम दिँदा साहुसँग भर्पाइ नलिँदा पनि समस्यामा पर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News