२०८० असार १८, सोमबार ०६:५७

जनकपुरधाममा वृहत योग साधना शिविर संचालनका लागि ९ सदस्यीय योग साधना शिविर व्यवस्थापन मूल आयोजन समिति गठन गरिएको छ ।

प्रदेश सांसद रामअशिष यादवद्वारा स्वर्गद्वारी बाबा भूतनाथ मन्दिरमा भएको बैठक बाट समाजसेवी चन्द्रशेखर जयसवाललाई योग साधना शिविर व्यवस्थापन मूल आयोजन समितिको संयोजक पदमा चयन गरिएको छ । ९ सदस्यीय समितिको सदस्यहरुमा सांसद यादव, स्वर्गद्वारी निर्माता समाजसेवी पवन कुमार सिंघानिया, वरिष्ठ सर्जन डा. प्रमोद यादव, योग गुरु मनोहर साह, विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह र संस्कृति संरक्षण अभियन्ता वीरेन्द्र साह रहेका छन्।

हरेक प्रकारका तनावबाट मुक्ति गरी स्वस्थ जीवन र समृद्ध जीवन मूल उद्देश्यका साथ जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा असोज ४ ,५ र ६ गते आयोजन हुने शिविरमा भारत बिहारका योग विद्यालय विश्व योग पीठ मुगेंरका स्वामी निरान्जनान्द सरस्वती परमाचार्यको विशेष उपस्थित हुने कुरा आयोजक समिति ले जनाएको छ।

Comment

Related News

Latest News

Trending News