अपडेट 
२०८० असार १८, सोमबार ०७:००

अत्यधकि रक्सी सेवन गरेका कारण जनकपुरधाममा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२४ कटैया चौरी बस्ने ४५ वर्षीय पशुपतिनाथ झाको अत्यधिक रक्सी सेवनको कारण मृत्यु भएको स्थानीयवासीले जनाएको छ । हाटबजारमा नरिवल बेच्ने झा आइतबार विहानै धेरै रक्सी खाएर क्याम्पस चौकस्थित एक कटघेरमा बेहोस भइ सुतिरहेका थिए । स्थानीयले देखे पनि उपचारको लागि वाहिर कही लग्न सकेन् । दिउँसो २ बजे झाको सोही स्थानमा मृत्यु भएको स्थानीयवासीहरुको भनाइ छ ।

यता, घटना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलिले सरजमीन गरी शवलाई पोस्टमाटमको लागि जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशकि अस्पतालमा लगिएको जनाइएको छ ।

Comment


Related News