अपडेट 
२०८० असार १८, सोमबार १६:४५

नेपाल विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षामन्त्री अशोक राईले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । मन्त्री राईले पेश गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री राईले सार्वजनिक, गैरसार्वजनिक र सामुदायिक विश्वविद्यालयबीच समन्वयन गर्न एकीकृत नीति तर्जुमा गर्नुपर्नेमा सरकारको ध्यान गएको बताउनुभयो । उहाले मुलुकको आवश्यकता हेरेर विश्वविद्यालय खोल्नुपर्ने र त्यसका लागि एकीकृत शिक्षा नीति ल्याउने विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो ।

मुलुकमा भएका विश्वविद्यालयको व्यवस्थापन र नयाँ विश्वविद्यालय स्थापना गर्नका लाथि सरकारले विधेयक ल्याएको हो ।

Comment


Related News

Latest News

Trending News