अपडेट 
२०८० असार १९, मंगलवार ०७:४६

महोत्तरीमा दुई वटा ज्वेलर्समा चोरी गर्ने दुई जना पक्राउ परेको छ ।

बर्दिबास नगरपालिका १ हरी ज्वेलर्स सुन चाँदी पसल र वडा नम्बर १४ स्थित रहेको न्यू ओमसाई ज्वेलर्समा चोरी भएको छ । यी दुबै ज्वेर्लसबाट चोरी गर्ने दुई जनालाई समानसहित पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार रौतहट फतुवा विजयपुर नगरपालिका ११ का अर्जुन चौधरी र सोही ठाउँका २७ वर्षीय साविर देवानलाई बाराको निजगढ नगरपलिका ८ स्थित होटेल जंगल इनको दोस्रो तल्लाबाट पक्राउ गरेको थियो । यद्यपी सिसिटिभि फुटेजमा चार/पाँच जनाले चोरी गर्दै गरेको देखिन्छ । अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।उनीहरुले यही असार १० गते ती ज्वेलर्सबाट ३७ लाख ३६ हजार मूल्य बराबरको समान सटर फुटाई चोरी गरेका थिए । चोरी गरी बर्दिबास भोला चोकबाट पुर्व– पश्चिम लोकमार्ग हुँदै पश्चिमतर्फ भागेको थियो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा बीआर ०१ पीडी ८१५८ र बीआर ०१ पीडी ८१५ नम्बर प्लेटको सेतो रंगको बुलेरो रौतहट चन्द्रनिगाहपुरबाट बरामद गरेको थियो । उनीहरुले चोरी गरेको सेफ भल्ट चोचा जंगलमा जमिणमुनी गाडेकाको थियो ।

Comment


Related News

Latest News

Trending News