अपडेट 
२०८० असार १९, मंगलवार ०८:०४

सनातन धर्म रक्षाका निम्ति धनुषाको महेन्द्रनगरमा सोमबार शोभा यात्रा निकालिएको छ ।

हिन्दू धर्मावलम्बीलाई धर्मप्रति जागरुक बनाउन तथा एकताको सूत्रमा बाँध्न शोभा यात्रा निकालिएको बताइएको छ । सखुवा बजारमा रहेको हनुमान मन्दिरबाट शुरु गरिएको शोभा यात्रा महेन्द्रनगर बजार, दुर्गा मन्दिर र क्षीरेश्वरनाथ महादेव मठ हुँदै पुनः सखुवा बजारमा आएर टुङ्गिएको थियो । हिन्दू सम्राट सेना नेपाल र नेपाल सनातन धर्म हिन्दू संरक्षण समितिको आयोजनामा शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा सहभागी हिन्दू सम्राट सेना नेपालकी महिला नेतृ लक्ष्मी कायस्थले नेपाल सनातन धर्मावलम्बीहरुको देश भएको बताइन् । सनातन धर्म विश्वको सबैभन्दा प्राचीन धर्म भएको बताउँदै उनले सनातन धर्मको रक्षा गर्न हिन्दू धर्मावलम्बीहरुको कर्तव्य भएको बताइन् । सनातन धर्म हिन्दू संरक्षण समिति क्षीरेश्वरनाथ नगरपालिकाका सचिव सूर्यनारायण महतोले हिन्दू धर्मलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाले सनातन धर्मावलम्बीलाई धर्मप्रति जागरुक बनाउन शोभा यात्राको आयोजना गरिएको बताए । विभिन्न धर्मका अनुयायीहरुले हिन्दू धर्मावलम्बीलाई विभिन्न खालको प्रलोभन तथा दबाब दिएर धर्म परिवर्तन गराइरहेको भन्दै उनले धर्म परिवर्तन रोक्न ठोस कानुन बन्नुपर्ने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News