अपडेट 
२०८० असार १९, मंगलवार १४:३७

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । घटेको भाडादर भोलिदेखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।

आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ ।

विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ-धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा-भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ ।

यस्तो छ नयाँ भाडादरको सूची

  

Comment


Related News

Latest News

Trending News