अपडेट 
२०८० असार २०, बुधबार ०८:३२

मधेश प्रदेश सरकारको बजेट प्रस्तुत भएको २० दिन वितिसकेको छ । निर्धारित समयमै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भए पनि हालसम्म संसदबाट पास हुन सकेको छैन् । अर्थमन्त्री संजय कुमार यादवले असार १ गते प्रदेशसभामा आर्थिक वर्ष ०८०/०८१ को लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । प्रदेशसभालाई सरकारले विजनेस नदिँदा बजेट पासमा अन्योलता देखिएको छ । प्रदेशसभाका सचिव रञ्जित यादवले मंगलबारसम्म सरकारले विजनेस नदिएको जानकारी दिए । सरकारले विजनेस नदिएकै कारण प्रदेशसभा बैठक नबोलाइएको उनले बताए । दश दिनपछि नयाँ आर्थिक वर्ष सुरु हुँदै छ । तर, बजेट पासमा ढिलाइ भइरहेको छ ।

बजेटको कार्यक्रम पुस्तिका प्रकाशनमा ढिलाइ हुँदा बजेट पासमा पनि ढिलाइ भइरहेको बुझिएको छ । कार्यक्रम तथा योजना पुस्तिका छाप्ने जिम्मेवारी अर्थ मन्त्रालयको छ । तर, हालसम्म कार्यक्रम पुस्तिका नछापिएको हुनाले प्रदेशसभा बैठक बोलाइएको छैन् । प्रदेश सरकारका मन्त्रीहरु आर्थिक वर्षको चटारोमा छन् । वर्षभरि काम भएको भुक्तानी गराउन कागजात मिलाउनमा व्यस्त छन् । सोही कारण सरकारले प्रदेशसभा बैठक असार मसान्तमा बोलाएका छैनन् । अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले कार्यक्रम पुस्तिका दुई सयप्रति छापिने जानकारी दिए । उनका अनुसार प्रदेशसभा बैठक राखेकै दिन अर्थ मन्त्रालयले उक्त कार्यक्रम पुस्तिका संसदमा पठाइनेछ । त्यसपछि बजेटमाथि प्रदेशसभामा छलफल हुनेछ । बजेटमाथि छलफल प्रारम्भ भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्नेछ ।

Comment


Related News

Latest News

Trending News