अपडेट 
२०८० असार २०, बुधबार ०८:३७

धनुषा प्रहरीले अनलाइन फर्म सुरु गरेपछि चोरी भएको मोवाइल बरामद हुने काम प्रभावकारी हुन थालेको छ । चालु आर्थिक वर्षमा मात्रै धनुषा प्रहरीले दुई सय ५५ वटा चोरीको मोबाइल बरामद गरेको छ ।

धनुषाक प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार करीब ५० जना चोर समेत पक्राउ गरिएको थियो । तर सम्पत्ति धनीले जाहेरी नदिँदा उनीहरुमाथि अभद्र व्यवहार मुद्दा चलाइएको उनले बताए । पक्राउ परेकाहरु धरौटीमा रिहा भइसकेका छन् । हाल तीन जना मात्रै थुनामा रहेका छन् ।

प्रहरी निरीक्षक नवराज खड्काले गत भदौदेखि मोबाइल चोरी घटनामा अनलाइन फर्म सुरु गरिएको बताए । उनका अनुसार मोबाइल चोरी भएपछि प्रहरीमा पीडितले लिखित जाहेरी दिन्छन् । त्यसपछि उनको वा उनको घरको एक जनाको मोबाइलमा उक्त फर्म सेटअप गरिन्छ । त्यसमा चोरीको ठाउँ र हराएको मोबाइलको आइएमइ कोड राखिएको हुन्छ । उक्त हराइएको वा चोरी भएको मोबाइलमा सिम प्रयोग गर्ने वित्तिकै सेटअप गरिएको मोबाइलमा इमेलमार्फत सिम प्रयोग भएको जानकारी जान्छ । ‘मोबाइलमा इमेल गएपछि पीडित प्रहरीमा आउँछ । प्रहरीले दुर–सञ्चारसँग समन्वय गरी सिम धनीलाई पत्ता लगाएर अनुसन्धन सुरु गर्छन,’उनले भने,‘कहिले काही चोरले बिक्री गरिसकेको हुन्छ । दोहोरो तेहोरो ह्याण्डसम्म पुगिसकेको हुन्छ । त्यसपछि हामीले कल डिटेलको आधारमा अनुसन्धान गर्छौ ।’ तर, कहिले काहीँ वास्तविक चोरलाई पक्राउ गर्न नसकिए पनि चोरी भएर सिम प्रयोग गरिने अधिकांश मोबाइल फेला पार्ने गरेको उनको दाबी छ । ‘चोरले भारतमा बिक्री गरेको र सिम प्रयोग नगर्ने मोवाइल बरामदमा केही कठिनाइ हुन्छ,’उनले भने,‘तर कहिले काहीँ अर्को मोबाइल चोरीको घटनामा पक्राउ पर्दा उनले चोरी गरेको सबै पृष्ठभूमि लिएर पनि फेला पर्ने गरिन्छ ।’

मंगलबार पनि प्रहरीले विभिन्न ब्राण्डका पाँच वटा चोरीको मोबाइलसहित एक जना चोरलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ क्याम्पस चोकबाट वडा नम्बर २३ का ३५ वर्षीय रवीन्द्र मुखियालाई पक्राउ गरिएको छ । पक्राउ परेका मुखियामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News