अपडेट 
२०८० असार २०, बुधबार ०८:४९

महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली प्रहारबाट महोत्तरीकै रामगोपालपुर नगरपालिका १ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले सोही यादवमाथि गोली प्रहार गरेका हुन् ।
मंगलबार साँझ साढे ५ बजेतिर समान्य विवादको क्रममा मण्डलले यादवमाथि दुइ राउन्ड गोली प्रहार गरेको डिएसपी गिरीले बताए ।
यादवको कन्चट र अर्को राउण्ड दाहिने कुमको माथी गोली लागेको छ ।

पक्राउ परेका मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका बरामद भएको डीएसपी गिरीले बताए । उनका अनुसार गोली प्रहार किन गरेको कुरा खुल्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News