अपडेट 
२०८० असार २०, बुधबार १८:१५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News