अपडेट 
२०८० असार २१, बिहीबार १३:२७

सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले प्रधानमन्त्रीको आशयलाई गलत अर्थ लगाइएको भन्दै राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको छ । बैठकले आफ्नो अभिव्यक्तिका बिषयमा सदनमा स्पष्ट कुरा राख्ने निर्णय गरेको छ । बैठकपछि माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्‍मा आफ्नो अभिव्यक्तिबारे सदनमा आफ्ना विषयवस्तु राख्ने समझदारी बनेको जानकारी दिनुभयो । उहाले मिटरव्याज पीडितलाई न्याय दिनका लागि सरकारले गरेको सुशासनको कामलाई रोक्नेप्रयास भएको भन्दै सरकारले दृढतापूर्वक काम गर्ने समझादारी बनेको बताउनुभयो । उहाले प्रधानमन्त्रीले संसदमा आफ्नो कुरा राख्ने वातावरण बनाउन प्रतिपक्षी तयार हुनुपर्ने उल्लेख गर्नुभयो । उहाले मिटरव्याज पीडितलाई न्याय दिनका लागि तयार गरिएको ऐनलाई पुन अघि बढाउन सदनमा छलफल हुने जानकारी दिनुभयो ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष र प्रधानमन्त्रीले संसदको फेस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई प्रस्ताव गर्नका लागि निर्देशन दिने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले मिटरव्याज सम्बन्धमा गठबन्धनबीचमा बिभिन्न बिचार आएकाले यस बिषयमा छिटै टुङ्गोमा पुगेर सदनबाट पास गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि बुधबार प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग गर्दै सदन अवरुद्ध गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भने उक्त अभिव्यक्ति पुस्तकमा रहेको अंशमात्रै भएको र त्यसलाई आफुले उल्लेख मात्रै गरेको बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News