२०८० असार २१, बिहीबार २०:२७

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।

थापाले प्रदेश प्रमुखले दिएको समयभित्रै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

सोही दाबी पेसकै आधारमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कोशी प्रदेशमा कांग्रेसका २९, माओवादी केन्द्रका १३ सभामुखसहित, नेकपा एकीकृत समाजवादीका ४  जनता समाजवादी पार्टीका १ प्रदेश सांसदको समर्थन आफूलाई रहेको भन्दै थापाले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका थिए।

नेकपा एमालेले भने सभामुखसहितको गणनामा भएको दाबी पेस स्वीकार नगर्न प्रदेश प्रमुखलाई यसअघि नै आग्रह गरेको थियो।

संवैधानिक व्‍यवस्थाअनुसार यसरी बनेको सरकारले पनि ३० दिनभित्रमा सभाबाट विश्वासको मत लिनुपर्नेछ। यसरी विश्वासको मत लिन नसकेमा संविधानअनुसार सदनमा रहेको ठूलो दलका हैसियतले पुन: एमालेकै सरकार बन्नेछ।

Comment

Related News

Latest News

Trending News