अपडेट 
२०८० असार २२, शुक्रबार ०६:३९

नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोले कम पेट्रोलियम पदार्थ दिएको पेट्रोल पम्प सञ्चालकले आरोप लगाएका छन् ।

धनुषाको लक्ष्मीनिया ६ का युआरडी ट्रेडर्स एण्ड सप्लायर्सले महेन्द्रनगर डिपोमाथि यस्तो आरोप लगाएका छन् । पेट्रोल पम्प सञ्चालकले नेपाल आयल निगम लिमिटेडबाट विल अनुसार लोड गरेर पेट्रोलियम पदार्थ लिएर पम्पमा पुग्ने गरेका टैंकरबाट कम परिमाणमा इन्धन आएको आयल निगममाथि गम्भीर आरोप लगाएका छन् । युआरडी ट्रेडर्स एण्ड सप्लायर्सका संचालिका उर्मिला कुमारीले आयल निगमको महेन्द्रनगर स्थित डिपो प्रमुखलाई उजुरीपत्र लेखेर यहाँ प्राप्त भएको मौज्दात खरिद गरेको भन्दा कम आएको भन्दै उजुरी दिएका छन् ।

असार ३ गते ८००८– ८०००१५३७८ नम्बरको बिलबाट ना.७ ख. १५०६ बाट आएको पेट्रोलको टैंकरलाई जाँच गर्दा खरिद गरिएको मौज्दात भन्दा १०० लिटर कम पाइएपछि आयल निगमको डिपो कार्यालयमा खवर गर्दा त्यहाँबाट पाँच जना कर्मचारी उक्त पम्पमा आएर चेकजाँच गर्दा १०० लिटर कम पाइएको पुष्टि आधिकारिक रुपमा भएपछि टैंकर चालकसंग भरपाइ गराएर घटी भएका इन्धनको क्षतिपूर्ति दिने आयल निगम कर्मचारीको रोहवरमा भए तर अहिलेसम्म क्षतिपूर्तिको कुरा परै जाओस उजुरी दर्तासमेत नगरिएको उनले गुनासो गरे । पेट्रोलियम पदार्थ जस्तो सम्वेदनशील विषयमा पटक–पटक आयल निगमको डिपो कार्यालय महेन्द्रनगर धनुषाको ध्यानाकर्षण गराउँदै आए पनि त्यहाँबाट कुनै सुनुवाइ नभएको डिपो संचालक उर्मिलाको आरोप छ ।

यत्रो लगानी गर्ने त्यसमा पनि इन्धनको मौज्दात घटी आउने कार्यबाट धनुषाका अधिकांश पेट्रोल पम्पका संचालकहरु घाटा बेहोर्दै पम्पहरु बन्द हुने अवस्थामा पुगे पनि निगमको खासै ध्यानाकर्षण हुनसकेको छैन । आयल निगम भित्र टैंकरमा राखिने इन्धन त्यहीबाट कम आउने गरेको भए पनि सम्बन्धित निकायले ध्यान नदिएमा पम्पहरु छाडेर संचालकहरु विस्थापित हुनुपर्ने अवस्था सृजना हुँदै गएकोमा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्ने पम्प संचालिका उर्मिला कुमारीले आग्रह गरिन ।

Comment


Related News

Latest News

Trending News