अपडेट 
२०८० असार २२, शुक्रबार ०६:४३

विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा सक्रिय रहेका आधा दर्जन नेतालाई प्रदेश समितिमा राखिएको छ ।

कांग्रेस मधेश प्रदेश समितिले प्रदेश सभासद शेषनारायण यादवलाई प्रदेश समिति सदस्यमा राखेको छ । गत निर्वाचनमा उनी जनता समाजवादी पार्टी(जसपा) परित्याग गरी नेकांको टिकटमा धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को क बाट प्रदेश सभामा निर्वाचित भएका थिए । यादव जसपामा प्रदेश कमिटीका उपसभापति थिए । कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले बिहीबार जारी गरेको विज्ञप्तिमा सभासद यादवलाई प्रदेश समिति सदस्यमा मनोनित गरिएको उल्लेख छ ।

त्यसैगरी, तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)का केन्द्रीय सहमहामन्त्री रहीसकेका युवा नेता कृष्णा सिंहलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।

एमाले प्रदेश कमिटी छाडेर कांग्रेस प्रवेश गरेका समाजसेवी डा.संजिव कुमार यादव पनि प्रदेश समितिमा मनोनित भएका छन् । एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका गुरुदेव यादव र फूलकुमारी महतो पनि प्रदेश समितिका सदस्य मनोनित भएका छन् ।

जसपाबाट आएका बजरंग यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ । उनी जसपाको प्रदेश समिति सदस्य थिए । सदस्य मनोनय भएको पत्र हस्तान्तरण क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव,मधेश प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झालगायतका नेताहरु उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News