अपडेट 
२०८० असार २२, शुक्रबार ०६:४६

जननेता मदन भण्डारीको जन्म जयन्ती जनकपुरधाममा पनि मनाइएको छ ।

बिहीबार राष्ट्रिय जन सांस्कृतिक महासङ्घले मधेश प्रदेशको आयोजनामा जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्ती मनाइएको छ । नवीन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले जननेता मदन भण्डारीको जनतामुखी सिद्धान्तमा चल्न नेताहरु तथा कार्यकर्ताहरुलाई सुझाएका थिए । नेता भण्डारीको योगदान र सिद्धान्त सम्झिदै जनताको पक्षमा बिना कुनै लोभ निस्वार्थ भावले काम गर्नुपर्ने उनले बताए । बहुदलीय जनवादको सिद्धान्त अहिलेको आवश्यकता रहेको उनले बताए । नेता भण्डारीकै बहुदलीय जनवादको सिद्धान्तले विश्वका कम्युनिस्टहरू तरङ्गित भएको उनले सुनाएका थिए । जनताको बहुदलीय जनवादको सिद्धान्तमा मुलुक हिँड्न सके देश समृद्धि र विकासको पथमा जाने उनको दाबी छ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता शीतल झाले जनताको बहुदलीय जनवाद देशका लागि महत्वपूर्ण भएको बताए । जनताको बहुदलीय जनवाद सिद्धान्त प्रतिपादक भण्डारीको हत्याको हालसम्म छानबिन किन नभएको भनी प्रश्न गरेका थिए । नेता भण्डारीलाई न्याय दिलाउन उनको हत्या बारे छानबिन आवश्यक रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News