अपडेट 
२०८० असार २२, शुक्रबार ०६:५२

मदरसा शिक्षालाई मूलधारको शिक्षामा समाहित गराउन मदरसा शिक्षा बोर्ड गठनको माग गर्दै आम जनता पार्टीका भातृ संगठन आम मुस्लिम मोर्चाले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

मधेश प्रदेश सभामा लामो समयदेखि अड्केको मदरसा शिक्षा विद्येयक पास गराउनुपर्ने मागसहित मोर्चाले बिहीबार जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । मोर्चाले मदरसा शिक्षा विद्येक, मुस्लिम युनिभर सिटीसहितका माग गर्दै स्थानीय पिराडी चोकबाट जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो । मदरसा शिक्षालाई पनि राष्ट्रिय मूलधारको शिक्षामा ल्याउन मदरसा शिक्षा विद्येयक आवश्यक रहेको त्यसलाई सभाबाट पारित गराउन माग गरेका छन् । यस अघि लालबाबु नेतृत्वको सरकारले मदरसा शिक्षा विद्येयक प्रदेश सभामा लगे पनि पास गराउन सकेका थिएन ।

मोर्चाका संयोजक लालबाबु मन्सुरीको अगुवाइमा बुझाएको ज्ञापनमा मदरसा शिक्षालाई व्यवस्थित गर्दै ‘मुस्लिम युनिभर सिटी’ समेत स्थापना गर्नुपर्ने माग अघि सारेको छ । परापूर्वकालदेखि चल्दै आएको मदरसा शिक्षा संकटमा छ संयोजक मन्सुरीले उनले भने, ‘मुसलमानहरुको मौलिक संस्कृति एवं रीतिरिवाजको संरक्षण र उत्थानको सट्टा लोप भइरहेकोले राज्यले यसप्रति गम्भीर हुनु आवश्यक छ ।’ न्याय र समानताको सट्टा मुस्लिम समुदायसँग राज्यले खुलेआम विभेद र निषेध गर्ने कार्य गरिरहेको आरोप लगाउदै उनले संविधानले दिएको अधिकार मुस्लिम समुदायले व्यवहारमा पनि पाउनुपर्ने बताए । आर्थिक सामाजिक, शैक्षिक रुपमा पछाडि परेको मुस्लिम सामुदायलाई राज्यको हरेक अंग र निकायमा विशेषाधिकारको व्यवस्था गर्नुपर्ने, इस्लाम धर्मावलम्बीहरुको पर्वहरुमा सार्वजनिक बिदा राष्ट्रिय क्यालेण्डरमै समाहित गर्नुपर्ने, इस्लाम धर्म र संस्कृतिको सम्बद्र्धनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने मोर्चाको माग छ ।

Comment


Related News

Latest News

Trending News