अपडेट 
२०८० असार २२, शुक्रबार ०६:५६

धनुषा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ रजौलबाट तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रजौलका २० वर्षीय अरविन्द मुखिया, सोही ठाउँका २२ वर्षीय रञ्जित मुखिया र २१ वर्षीय सोयल मन्सुरीलाई लागूऔषधसहित पक्राउ गरिएको धनुषाका प्रहरीका सूचना अधिकारीले जनाएका छन् । उनका अनुसार उनीहरुलाई गस्ती टोलीले शंका लाग्दा चेकजाँच गरी लागूऔषध बरामद गरेको थियो । उनीहरुको साथबाट लागूऔषध नाइट्रोभेट ट्याब्लेट दुई आठ पिस, पेन्टा जोसिन ४१ पिस र मोबाइल प्रहरीले बरामद गरेका थिए । पक्राउ परेका तीनै जना अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनीहरुमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद लिइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै, बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ सोनाभारबाट अवैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कोलहवीबाट प्रहरी निरीक्षक भोला सिह अधिकारीको कमान्डमा खटेका प्रहरी टोलीले सोनाभार निवासी जितेन्द्र चौधरीको घरमा तलासी गर्दा घरमा लुकाइ छिपाइ राखेको अवस्थामा १ सय ६८ किलो गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता पुरुषोतम सिंह पाण्डेयले जानकारी दिए । घरमा कोही नभएको अवस्थामा स्थानीय जन निर्वाचित प्रतिनिधिहरुको रोहबरमा घर तलासी गरिएको थियो । चौधरीलगायत घटनामा संलग्न रहेकाहरुको खोजतलास भइरहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए । यो भन्दा अगाडि करीब १२ सय किलो ग्राम गाँजा बरामद गरी नष्ट गरिसकेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News