अपडेट 
२०८० असार २२, शुक्रबार १३:०७

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज एक विशेष समारोहकाबीच नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

समारोहमा मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरुको कार्यविभाजन भने पछि हुने जनाएको छ ।

माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा नाम टुङ्गो लगाउन सकेको छैन ।

Comment


Related News

Latest News

Trending News