अपडेट 
२०८० असार २२, शुक्रबार १५:१४

गुजरात उच्च अदालतले राहुल गान्धीविरुद्ध मानहानि मुद्दामा भएको सजायमा रोक लगाउन माग गर्दै गरेको निवेदन खारेज गरेको छ ।

गान्धीलाई मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ । सजाय पाएपछि उनले सांसद पद गुमाएका छन् ।

सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफू लगायतलाई मानहानि भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । उक्त मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकिएको छ ।

जिल्ला अदालतको फैसला कार्यन्वयन नगर्न माग गर्दै दायर गरेको निवेदन उच्च अदालतले खारेज गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News