अपडेट 
२०८० असार २३, शनिबार १९:५५

समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहनुभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । कार्यदलले मोर्चाको भावी कार्यक्रमको प्रारुप समेत तयार गर्ने उहाले बताउनुभयो । पाण्डेले साउन महिनामा सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको मितिका बिषयमा पनि कार्यदलले टुङ्गो लगाउने र असार २७ गते घोषणा गरिने जानकारी दिनुभयो । बैठकले हेरक ६—६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने र अहिले माधव कुमार नेपालले अध्यक्षता गर्ने निर्णय गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले संसदमा प्रधानमन्त्रीलाई धारणा राख्न रोकेर एमालेले गैरसंसदीय व्यवहार देखाएको बताउनुभयो ।

पाण्डेले नेपाली समाजको बिशेषता अनुसार कस्तो समाजवाद निर्माण गर्ने भन्नेमा मोर्चा केन्द्रीत हुने पनि उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News