अपडेट 
२०८० असार २४, आईतवार १२:५७

धनुषामा करेन्ट लागेर एक कृषकको मृत्यु भएको छ ।

धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित खेतमा सिँचाई गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हो ।

आईतबार (आज)  बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादव (सत्ते) ले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । तार ओछ्याएर छाड्ने सत्यनारायणको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News