अपडेट 
२०८० असार २४, आईतवार ०८:२२

जनकपुरधाममा ट्राफिक लाइट जडानको काम सुरु गरिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले पहिलो चरणमा नगरभित्रका पाँच स्थानमा ट्राफिक लाइट जडानको काम सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले पहिलो चरणमा भनुचौकदेखि विद्यापती चोकसम्मको क्षेत्रमा पोलहरुमा ट्राफिक लाइट जडान गर्न लागिएको जानकारी दिए । उनले पहिलो चरणमा यस आर्थिक वर्षभित्र नगरभित्रका मुख्यमुख्य चोकहरु भानुचोक, मुरली चोक, राम चोक, शिव चोक र कदम चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडान भइरहेको बताए । नगरभित्र लाइटको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभइ नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि प्रहरी निरीक्षक साहले बताए । जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप पहिलो चरणमा पाँच स्थानमा लाइट जडान गर्न लागिएको उनले बताए । उनले विस्तारै नगरभित्रका सम्पूर्ण चोकहरुमा ट्राफिक लाइट जडान गरिने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News