अपडेट 
२०८० असार २४, आईतवार ०८:२४

जनकपुर नागरिक उड्डयन कार्यालयले आर्थिक वर्ष ०७९/८० को ११ महिनामा रु ६ करोड ३९ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार अन्तरण शुल्कबाट रु ३६ लाख ९७ हजार, पार्किंग शुल्कबाट रु २ लाख ७१ हजार राजस्व असुली गरेको छ । त्यस्तै,संचार तथा उड्डयन सहाय सुविधा शुल्कबाट रु ३ लाख ६९ हजार, यात्रु सेवा शुल्कबाट रु ४ करोड ३४ लाख र कार्गोबाट रु ३६ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी, पासेनी सेवा शुल्कबाट रु ३२ लाख २७ हजार, हवाइ इन्धन शुल्कबाट ६ लाख ९५ हजार,टर्मिनल बहाल शुल्कबाट रु ११ लाख ५६ हजार राजस्व असुली गर्ने भएको छ ।

त्यस्तै,भवन तथा जग्गा बहालबाट रु ८ लाख ४५ हजार, अन्य वहाल शुल्कबाट १ लाख ३६ हजार, सवारी साधन विसानबाट रु २ लाख ४३ हजार राजस्व असुली गरेको छ । त्यसैगरी, विज्ञापनबाट रु १० लाख ५१ हजार, विद्युत्बाट रु ४ लाख ३९ हजार, जरिवानाबाट रु २५ हजार र भ्याटबाट ७० लाख ५८ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

हाल काठमाण्डुदेखि जनकपुरधामको लागि दैनिक ८ वटा उडान हुने गरेको कार्यालयले जनाएको छ । काठमाण्डु देखि जनकपुरधामको उडानका लागि बुद्ध एयरको ६ र यती एयरको २ पटक उडान भइरहेको जनकपुर नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News