अपडेट 
२०८० असार २४, आईतवार १८:५२

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई पक्राउ गरेको छ । सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको सीआईबीकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

राउत माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । उनले समरजंग कम्पनीका नाममा रहेको जग्गा मोही र बिचौलियालाई दिने निर्णय गराएको आरोप छ ।

त्यसबेला भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदार थिए भने सचिव दीप बस्न्यात थिए ।

Comment


Related News

Latest News

Trending News