अपडेट 
२०८० असार २५, सोमबार ०७:४३

रौतहटमा खेतमा काम गर्दा गर्दै एकजना कृषकको मृत्यु भएको छ ।

मौलापुर नगरपालिका–९ सोनरनियाका मनिर मिया अन्सारीको खेतमा काम गर्ने क्रममा मृत्यु भएको छ । आइतबार बिहान गाउँ नजिकै रहेको आफ्ना खेतमा कोदालो चलाइरहेको अवस्थामा चर्कों गर्मीका कारण अन्सारीको मृत्यु भएको बताइएको छ । चर्को गर्मीले अचेत भएर अन्सारीको मृत्यु भएको हुनसक्ने आशंका छ तर अन्सारी पहिलादेखि नै क्षय रोगबाट ग्रसित रहँदै आएकोले क्षय रोगकै कारण उनको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । अन्सारी लामो समयदेखि क्षय रोगसंग जुध्दै आएका थिए । दुईछाक टार्न खेतमा काम गर्ने क्रममा गरीब किसानको दुखद निधन भएको भन्दै पूर्व मन्त्री एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुख व्यक्त गरेका छन् ।

खेतमा काम गर्दा गर्दै निधन हुने किसानको परिवारलाई राहतको व्यवस्था गर्न उचित देखिएकोले मृतका परिवारलाई राहत स्वरूप अवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष माग अध्यक्ष साहले गरेका छन् ।

Comment


Related News

Latest News

Trending News