अपडेट 
२०८० असार २५, सोमबार ०७:५७

सप्तरी जिल्ला अदालतले नागरिकता मुद्दामा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई आइतबार थप ५ दिन थुनामा राख्ने अनुमति दिएको छ ।

अदालतले नागरिकता मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिन थुनामा राख्न आदेश दिएको छ । नागरिकतासम्बन्धी कसुरमा गत बिहीबार सप्तरी अदालतले उपमेयर यादवलाई ३ दिन थुनामा राख्न अनुमति दिएको थियो । सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव भने अझैसम्म फरार छन् ।

यस सम्बन्धमा सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले उपमेयर मीरालाई अनुसन्धान गर्न थप ५ दिनको म्याद थप भएको बताए ।

Comment


Related News

Latest News

Trending News