अपडेट 
२०८० असार २६, मंगलवार ०७:३४

असार २५ गते । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलालको जन्मदिवस ।

कमरेड पुष्पलाल नेपाली राजनीतिका दुई शीर्ष व्यक्तित्व मध्ये एक हुन्, अर्को बीपी कोइराला हुन्, जस्को नेतृत्वमा नेपाली काँग्रेसले एकसय चारवर्षे निरंकुश राणाशासन विरुद्ध संघर्ष गरे र ००७ सालपछि नेपालमा राजा सहितको प्रजातान्त्रिक शासनको शुरुआत भयो । वैचारि करुपमा बीपी कोइराला प्रजातान्त्रिक समाजवादी थिए । वर्गीय दृष्टिकोणले यस विचारलेशासनमा पूँजीवादी तथा अभिजात्यवर्गीयहरुको हात बलियो पाथ्र्योर यसको वैचारिक अधिकतम सीमा पूँजीवादी लोकतन्त्रसम्म थियो । पुष्पलाल श्रमजीविवर्गको राज्य र साम्यवादी विचारका पक्षधर थिए । त्यसैले उनले र उनका चारजना साथीहरुले वि.स. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे, जुन हालका अनेक कम्युनिस्ट पार्टीहरुको रुपमा झाङ्गिएको छ ।

राणाशासनको विरुद्धको संघर्षमादेशभरीमा शहादत दिने अनेकौँ मध्येका एक सुपरिचित शहिद हुन गंगालाल । पुष्पलाल, गंगालालका भाई थिए । राणाहरुको गिरफ्तारीमा परेर मृत्यदण्ड कुरी रहेका गंगालालसंग भेट्न पुष्पलाल जेलमा गएको एउटाचर्चित प्रसंग छ । १९९७सालमा दाजू गंगालाल सहित चारजना क्रान्तिकारीहरुलाई गोली ठोकेर मार्नुभन्दा ठीक एक दिन अघि जेलमा भेट्न जाँदा शहीद गंगालालले पुष्पलाललाई भनेका थिए ः “माइला, मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई प्रज्ज्वलित गर्नेछस, निभ्न दिने छैनस ।” कमरेड पुष्पलाल त्यतिबेला १६ वर्षका कलिलो केटा थिए । दाजू गंगालालको यो भनाई उनको निम्ति देश र जनताको राजनीतिमा जीवनभरी लागिरहने प्रेरणाको स्रोत बन्यो । वि.स. १९९८ सालतिर शम्भुराम श्रेष्ठ लगायतका साथीहरुसंग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेर उनले राणाशासनको विरुद्धमा संघर्षको राजनीति शुरु गरे ।

वि.स. २००४ सालमा उनले नेपाली राष्ट्रिय काँग्रेसको तर्फबाट नागरिक अधिकार प्राप्तिको आन्दोलनको नेतृत्व गरे । निरंकुश राणाशासनको विरुद्ध नेपाली जनता जनआन्दोलनको रुपमा २००४सालमा पहिलो पटक सडकमा देखिएको थियो । तर नेपाली काँग्रेसको वैचारिकताबाट असन्तुष्ट भएर २००६सालमा लेनिन जयन्तीको अवसर पारेर उनले भारतको कलकत्ता (हाल कोलकाता)को श्याम बजारमा गोप्यरुपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । ००७ सालमा राणाशाही ढल्यो, तर शासन बहुसंख्यक श्रमजीविको हातमाआएन । सर्वोच्च सिंहासनमा राजा थिए भने शासनको बागडोर नेपाली कांग्रेसको हातमा थियो र हाली मुहाली जमिन्दारवर्ग तथा सत्ताच्युत भएरपनि सामन्ती भारदारहरुकै थियो । तुलनात्मकरुपमा त्यो परिवर्तन एक पाइला अगाडी भएपनि श्रमजीवि जनताको निम्ति भ्रम नै साबित भैरहेको थियो । कमरेड पुष्पलाल र नेपाल कम्युनिस्ट पार्टी यसको विरोधमा उभिए ।

पुष्पलाल, माक्र्स र एंगेल्सले लेखेको कम्युनिस्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद (२००५साल) गर्ने पहिलो व्यक्ति थिए । त्यसरी नै नेपाल कम्युनिस्ट पार्टीको गठन भएपछि कम्युनिस्ट विचारधारा अनुरुप उनले लेखेको नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र, नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो विचारधारात्मक लेख मानिन्छ । नेपालमा कम्युनिस्ट पार्टीका संस्थापकका अतिरिक्त नेपाली जनवादी राजनीतिमा उनलाई पहिलो भौतिकवादी द्वन्दवादी चिन्तकको रुपमा स्वीकार गरिन्छ । माक्र्सवादी ऐतिहासिक भौतिकवादी द्वन्दवादी दृष्टिकोणको आधारमा नेपाली समाजको ऐतिहासिक व्याख्या तथा नेपाली समाजको वर्गविश्लेषण उनको अमुल्य योगदान हो । नेपालको ईतिहास राजा महाराजाहरुको होइन, नेपाली श्रमजीवि जनताको श्रम तथा शासकीय शोषणको प्रतिरोधको इतिहास हो भन्ने मान्यतामा उनले नेपाली इतिहास र समाजको विश्लेषण गरेका थिए । यसरी नै गणतन्त्र र श्रमजीविवर्गको नेतृत्वमा जनवादी व्यवस्था तथा समाजवादमा रुपान्तरण उनको राजनीतिक चिन्तनको मूल प्रवृत्ति थियो । उनका प्रायः सबै लेखनमा यो चिन्तन र लक्ष्य अभिव्यक्त हुने गर्छ ।

यसरी नेपाली राजनीतिमा वीपी कोइरालाको बुर्जूआ चिन्तनको प्रजातान्त्रिक समाजवादी विचारधाराको प्रतिस्पर्धी विचारधाराको रुपमा साम्यवादी विचारधारालाई पूर्ण ऊर्जा र प्रभावको साथ पूष्पलालले स्थापित गरे । तर यसलाई त्रासदी नै भन्नु पर्छ कि नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दुईवर्ष पछि २००८ सालमा पहिलो सम्मेलनमा उनी महासचिवबाट हटाइए र मनमोहन अधिकारीलाई उक्त पदमा चयन गरियो । नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी दिशामाथी संशोधनवादको यो पहिलो प्रहार थियो । त्यसको दुई वर्षपछि २०१०सालमा भएको पहिलो महाधिवेशनमा पनि कमरेड पुष्पलाल अल्पमतमा नै थिए ।

यस पटक नेकपाको महासचिवमा तुलसीलाल अमात्य चयन भए । यसैबीच सशस्त्र क्रान्तिको विचार बोकेकोले हिंसाको राजनीति गर्ने पार्टी भन्दै नेपाली काँग्रेसको सरकारले नेकपामाथी प्रतिबन्ध लगायो । तत्कालीन महासचिव मनमोहन अधिकारीले आफूहरु शान्तिपूर्ण राजनीति गर्ने भनेर राजामा बिन्ती चढाए र पार्टीमाथीको प्रतिबन्ध फुकुवा भयो । २०१५सालमा भएको पहिलो संसदिय निर्वाचनमा बीपी र नेपाली काँग्रेसको लोकप्रियताको भीषण आँधी तुफानका बीचपनि नेकपाले चारवटा सीट जित्न सफल भयो । २०१७सालमा राजा महेन्द्रले निर्वाचित संसदलाई भंगगरेर पञ्चायती प्रजातन्त्र भनिने निरंकुश राजतन्त्र नेपाल जनतामाथी थोपरे, र नेकपा फेरी प्रतिबन्धित भयो । त्यसपछि नेकपाका तत्कालीन महासचिव केसरजंग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि नेकपा फुट्यो । यसपछि विश्व कम्युनिस्ट आन्दोलनमा आएको संशोधनवादी प्रभाव, वैचारिक विभाजन तथा नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र संशोधनवादी अवसरवादीहरुको संघर्ष र मतभेदको कारण अनेकौँ फूट र विभाजनहरुको अनेकौँ श्रृंखला पार गर्दै झापाली क्रान्तिकारी विद्रोह र दशवर्षे माओवादी जनयुद्धको शीखर चढेर नेपाली कम्युनिस्ट आन्दोलन हालको अवरोहात्मक यथास्थितिमा आएको छ ।

नेकपाको यस ऐतिहासिक विभाजन र एकताको यात्रामा तत्कालीन सोभियतसंघमा स्टालिनको मृत्युपछि ख्रुश्चेभको नेतृत्वमा दक्षिणपन्थी अवसरवादीहरुले सत्तामा कब्जा गरेपछि विश्व कम्युनिस्ट आन्दोलनमा यस्को प्रभाव प¥यो । चीनमा नयाँ जनवादी क्रान्तिको माध्यमबाट श्रमजीविवर्गको सत्ता निर्माण गर्ने नेता माओत्सेतुंगले रुसमा भएको संशोधनवादी परिवर्तनको विरोध गरे । यसले विश्वका अन्य देशजस्तै नेपालको कम्युनिस्ट आन्दोलनपनि प्रभावित भयो । रायमाझी लगायतका विष्णुबहादुर मानन्धर र तुलसीलाल अमात्य लगायतका गुटहरुले ख्रुश्चेभपन्थको राजनीतिक विचारको समर्थन ग¥यो । पुष्पलाल लगायत माओत्सेतुंगको क्रान्तिकारी लाइनको पक्षमा देखिए । असीको दशकमा माओत्सेतुंगको मृत्युपछि चीनमा देंग सिआयो पिंग लगायतको संशोधनवादीहरुले माओको नया जनवादी विचारधाराभन्दा भिन्न बजार समाजवादको अवधारणा सहित सत्ता कब्जा ग¥यो ।

यसकोपनि विश्वव्यापी प्रभाव भयो । नेपालमा झापा विद्रोह मार्फत उदाएका नेकपा माले (हालको एमाले र एकीकृत समाजवादी)देंगको लाइनमा देखियो, भने मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य किरण लगायत तत्कालीन नेकपा (चौथो महाधिवेशन), नेकपा (मशाल, मोटो मसाल), नेकपा (मसाल, पात्लो मसाल) हरु माओको नयाँ जनवादी विचारको पक्षमा देखिए । ०४६ सालको बहुदलिय आन्दोलनको बेला माले, नेपाली काँग्रेससंग मिलेर संयुक्त वाम लोकतान्त्रिक गठबन्धनमा थियो, भने चौम, मशाल र मसालहरुले संयुक्त जनआन्दोलन समिति गठन गरेर संघर्षमा थियो । पञ्चायती निरंकुशताको पराजय तथा बहुदलिय सम्वैधानिक राजतन्त्रको स्थापनापछि मदन भण्डारीको नेतृत्वमा बहुदलिय जनवादको राजनीतिक लाइन पारितगरेर माले एमालेमा परिणत भयो र संसदिय राजनीतिमा प्रवेश ग¥यो । अर्कोतर्फ मोहनविक्रम सिंहको नेतृत्वमा रहेको मसाल आफ्नै राजनीतिक लाइनमा रह्यो, भने निर्मल लामाको वैचारिक नेतृत्वको नेकपा चौम (महासचिव नारायणकाजी श्रेष्ठ प्रकाश) र किरणको वैचारिकता तथा प्रचण्ड नेतृत्वको नेकपा मशालबीच एकता भएर नेकपा (एकता केन्द्र)को गठन भयो ।तराई मधेशमा सूर्यनाथ रान यादव र जयगोविन्द साहहरु चौममा थिए भने रामवृक्ष यादवहरु किरण र प्रचण्ड नेतृत्वको मशालमा थिए ।

यस एकता प्रक्रियामा रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन, रुपचन्द्र विस्ट नेतृत्वको नेकपा (जनमुखी) र मोहनविक्रम सिंह नेतृत्वको मसालबाट हरिबोल गजुरेलको नेतृत्वमा चोइँटिएर आएको नेकपा (विद्रोही मसाल)पनि सामेल भए । यस विद्रोही मसालमा डां बाबूराम भट्टराई पनि थिए । विचारधारात्मक रुपमा संसदिय राजनीतिको विपक्षमा रहेपनि हाल जनताको आकर्षण भर्खरको बहुदलिय व्यवस्थाप्रति रहेकोले जनताको मोहभंग हुँदासम्म प्रतिक्षा गनु उचित हुने धारणा सहित एकता केन्द्रले तत्काल संसदिय व्यवस्थामा भाग लिने निर्णय ग¥यो । एकताकेन्द्रको कानूनी राजनीतिक मोर्चाको रुपमा गठित संयुक्त जनमोर्चाले ०४८ सालको संसदिय निर्वाचनमा ८वटा सीट जित्यो भने राष्ट्रिय सभाको ३वटा थप सीट सहित संसदमा तेस्रो ठूलो दल बन्यो । मोहन वैद्य किरणको वैचारिक प्रभावमा रहेको प्रचण्डपक्षधरहरुले नेपालमा दीर्घकालीन जनयुद्ध न गरे नेपाली समाजको रुपान्तरण सम्भव छैन, भन्ने विचार राख्थे । यसै प्रश्नमा एकताकेन्द्रमा विवाद शुरु भयो र अन्ततः एकताकेन्द्र विभाजित भयो ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र यथावत रह्यो भने प्रचण्डपक्षीय एकताकेन्द्र नेकपा (माओवादी)को नयाँ पार्टीको रुपमा उदायो । वि.स. २०५२–०६२सम्म नेपालमा युगान्तकारी दसवर्षे माओवादी जनयुद्धको सञ्चालन यसै नेकपा (माओवादी)ले ग¥यो, जो नेपालमा राजतन्त्रको अन्त र गणतन्त्र स्थापनाको मूल कारण बन्यो । गणतन्त्रको स्थापनापछि नारायणकाजी नेतृत्वको एकताकेन्द्र माओवादीमा सामिल भयो र माओवादी एकीकृत माओवादीमा परिणत भयो । दशवर्पे जनयुद्धको लक्ष्य नयाँ जनवादी राज्य सत्ता तथा उत्पीडित वर्ग र समुदायको राज्यसंग तुलना गर्दा वर्तमान उपलब्धि अधुरो रहेकोले नयाँ जनवादी गणतन्त्रको बाँकी कार्यभार पूरा गर्न अझै क्रान्तिकारी कार्यभार बाँकीरहेको विषयमा माओवादीमा फेरी विभाजन भयो । प्रचण्ड र नारायणकाजी एकीकृत माओवादी हुँदै हाल माओवादी केन्द्र भएका छन्, भने ०६९ सालमा मोहन वैद्य किरणको नेतृत्वमा जनयुद्धको जगमा जनविद्रोहको राजनीतिक लाइन सहित नेकपा (क्रान्तिकारी माओवादी) गठन भयो । पछि क्रान्तिकारी माओवादीबाट अलग्गिएर नेत्रवक्रम चन्द (विप्लव)को नेतृत्वमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको लक्ष्यसहित नेकपा गठन भयो । पछि यसबाटपनि अग्गिएर धमेन्द्र वास्तोलाको नेतृत्वमा नेकपा (बहुमत)को गठन भयो ।

हाल यो नेकपा बहुमत, किरण नेतृत्वको क्रान्तिकारी माओवादीसंग एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा परिणत भएको छ, भने विप्लव नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा देखिएको छ । यस मोर्चामा एमालेबाट अग्गिएर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) र मधेशको राजनीतिबाट उदाएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सामेल छ । विगत ७४वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको आरोह, अवरोह, सांगठनिक र वैचारिक विभाजन र एकताको इति वृत्तको समीक्षा गर्दा पाँच जनाबाट शुरुभएको नेपाली कम्युनिस्ट आन्दोलन सडक होस वा संसद, राजनीतिक विचार होस वा संस्कृति सबैतिर प्रतिरोधी विचारको जब्बर प्रतिनिधि भएको देखिन्छ । यद्यपि पुष्पलालले नेकपाको पहिलो घोषणपत्रमा लेखेको श्रमजीविवर्ग र उत्पीडित जनसमुदायको जनवादी राज्यसत्ता स्थापनाको लक्ष्य भने अधुरै छ ।

पुष्पलालको पहिलो पर्चामा दुईवटा तात्कालिक लक्ष्य घोषित थिए ः पहिलो, राजतन्त्रको समाप्ति र दोस्रो, जनगणतन्त्र अर्थात श्रमजीवि जनसमुदायको वर्चस्व भएको राज्यसत्ताको स्थापना । देशमा गणतन्त्र स्थापित भएपछि पहिलो लक्ष्य त पूरा भयो, तर दोस्रो जनगणतन्त्र स्थापनाको लक्ष्यभने अधूरै छ । यस दृष्टिले नेपालको कम्युनिस्ट आन्दोलनहरु हाल बरालिएर कता कता पुगेको देखिन्छ । अझ खुलेर भनौँ भने अधिकांश कम्युनिस्ट पार्टीहरु चुनावी पार्टीमा परिणत भएका छन् र उनिहरुसंग ब्यानर मात्र छ । गैरचुनावी कम्युनिस्ट पार्टीहरुमा अन्यौल र अस्तित्वको संकट देखिन्छ । पुष्पलालले जीवनभरी अल्पमत र आर्थिकसंकट झेले, यहाँसम्म कि आर्थिक अभावमा समुचित उपचार नपाएर देश बाहिर भारतमा उनको असमय मृत्यु भयो । उनका कायनीतिक कमजोरीहरुपनि थिए । तर उनले जनपक्षीय राजनीतिसंग सम्झौता गरेनन् । नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको हालको अवरोहबाट उब्रिन एकमात्र सहारा जनता र जनदिशा नै हो । जनपक्षीय राजनीति गर्नेहरुले पुष्पलालबाट लिने मूख्य शिक्षा यो नै हो । कमरेड पुष्पलाललाई श्रद्धान्जली !

Comment


Related News