अपडेट 
२०८० असार २६, मंगलवार १२:१३

सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको  हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा चालकसहित ६ जना रहेका सिटौलाले जानकारी दिनुभयाे ।

‘मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ’, उहाँले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामान्यतया ४५ मिनेटमा काठमाण्डाै पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।  माउन्टेन फ्लाइटको हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाउनु भएकाे श्रेष्ठले बताउनु भयाे ।

हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालन

मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअर हेलिकप्टर परिचालन गरिएको छ । बिहान १० बजेर १ मिनेट जाँदा मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

यो हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएपछि खोजीका लागि एअर हेलिकप्टर काठमाण्डौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा चालकसहित ६ जना रहेका प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका छन् ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामान्यता ४५ मिनेटमा हेलिकप्टर त्रिभुवन विमानस्थलमा पुग्नुपर्ने थियो ।

Comment


Related News

Latest News

Trending News