अपडेट 
२०८० असार २६, मंगलवार १५:३७

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागूऔषध गाँजा ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको बताइएको छ । उक्त ट्रक पल्टिएको खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो । ट्रकको खोजतलास गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो । ट्रकका चालक तथा सहचालक फरार रहेको जनाइएको छ ।

एक सय पाँच किलो अवैध लागूऔषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पूर्वपश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक सडकको नालामा ना १ क ३२०५ नम्बरको पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News