अपडेट 
२०८० असार २६, मंगलवार १७:५६

विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् । बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए ।

पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News